रियालिटी शो ‘नेपाल लोक स्टार’ को फराम रेडियो कास्कीमा , विजेतालाई ५० लाख नगद पुरस्कार

पोखरा ।

नेपाल टेलिभिजन र एपी वान टेलिभिजनबाट सर्वाधिक राशीको गायन प्रतियागिता “नेपाल लोक स्टार”संचालनमा आउँने भएको छ ।

यस रियालिटी शोको निर्णायकमा नेपाली लोक संगीतका धरोहर जयनन्द लामाको साथमा वरिष्ठ संगीत संयोजक, संगीतकार तथा गायक बी.बी.अनुरागी, गायक तथा मोडल रमजी खाँण तथा गायीका सुनिता दुलाल रहेकी छिन् ।

यस कार्यक्रमको सञ्चालनको जिम्मा भने नायिका तथा कार्यक्रम सञ्चालिका शुभेच्छा खड्का तथा हाँस्य टेलिसिरियल भद्रगोलका कलाकार अशोक धितालले गर्नेछन् ।

शोमा उत्कृष्ट ५० सम्म निर्णयको सम्पूर्ण अधिकार निर्णायकमा नै हुनेछ । साथै, उत्कृष्ट ५० बाट ३० सम्म ८० प्रतिशत निर्णायक तथा २० प्रतिशत भोटिङ्गबाट हुनेछ । साथै उत्कृष्ट ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङबाट गरिनेछ ।

साथै उत्कृष्ट २० बाट १० सम्म ५०/५० प्रतिशतको हिसावले छनोट गरिनेछ भने उत्कृष्ट १० बाट फाइनलसम्मको सम्पूर्ण निर्णय २० प्रतिशत निर्णायक तथा ८० प्रतिशत पब्लिक अनलाइन तथा एसएमएस भोटिङ्गको आधारमा हुनेछ । यसको लागि अनिवार्य रुपमा नेपाल लोक स्टाको एप डाउलोड गर्नुपर्नेछ ।

लोक स्टारमा सहभागी हुनको १ हजार रुपैयाँ फारम शुल्क लाग्नेछ । कास्की जिल्ला तथा पोखरा आसपासका व्यक्तिहरुको लागि भने फारम रेडियो कास्की ९६.५ मेगाहर्ज पोखरा न्यूरोडबाट बाट बितरण भैरहेको छ ।

विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै उपविजेताले २३ लाख तथा तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।कार्यक्रमको सल्लाहकारमा लोक सम्राट कुमार बस्नेत र पत्रकार ऋषी धमाला रहेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment