बार्षिक उत्सवमा मानव सेवा आश्रमलाई खाना

पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संस्थाको १४ औ बार्षिक उत्सवको अवसरमा पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमका ८५ जना लक्ष्मी नारायणहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न भयो ।

प्रमुख अतिथि संघिय प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले संस्थाको १४ औ बार्षिक उत्सवको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु हुंदै नेपाल प्रहरी संगठनका हरेक दर्जाका सदस्यहरु २४ घण्टै जुनसुकै समय परिस्थितिमा जतासुकै परिचालित र सक्रिय रहने एकमात्र संस्था भएको उल्लेख गर्नु हुंदै समाजमा हुने बिभिन्न बिकृति बिसंगतीहरु तथा अपराधिक गतिबिधीहरुको न्युनिकरण निराकरण गर्ने सामुदायिक प्रहरी सेवा केन्द्रहरु लगायतका बिभिन्न संघसंस्थाहरुको हरेक कार्यहरुमा सहभागीता एवं सहकार्य सहित सहयोग गर्दै आईरहेको आज यस मानव सेवा आश्रमका लक्ष्मी नारायणहरुलाई खाना खुवाउने जस्तो पुण्य कार्य गरेकोमा धन्यावाद दिदै आउने दिनहरुमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै सबै तह तप्काका पेशा ब्यबसायी, नागरिक बुद्धिजिवी तथा जनसमुदायुहमा सचेतनाको बिकास सहित सहयोगी भावनाको आवश्यकता रहेको बताउनु भएको थियो ।

सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोलाले यहाँहरुको शुभेच्क्षाले सामुदायिक प्रहरी सेवा केन्द्रहरुलाई सामाजिक बिकृति बिसंगती न्युनिकरण गर्ने कार्यमा अगाडी बढन थप प्रेरणा र उत्साह मिलेको बताउंदै कास्की जिल्लामा क्रियाशिल सबै सामुदायिक सेवा केन्द्रहरु एकजुट भई लागि पर्ने बताउंदै आज संस्थाको १४ औ वार्षिक उत्सबको अबसरमा मानव सेवा आश्रममा आएर केही पुण्यको काम गर्ने अवसर पाएकोमा अति खुसी लागेको कुरा बताउनु भयो ।

सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव उत्तम जोशीले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक निवर्तमान अध्यक्ष बिष्णु बहादुर भट्टराईले कार्यक्रम माथी प्रकाश पारेका थिए भने मावन सेबा आश्रमका संयोजक राजन सापकोटा मानव सेवा आश्रमका बारेमा जानकारी गराएका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment