दोस्रो व्यास अल्ट्रा म्याराथुनको उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रलाई

पोखरा ।
तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको ुदोस्रो व्यास अल्ट्रा म्याराथनुको उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाटले चुमेका छन् । व्यास-५ मानहुँदेखि व्यास-८ को पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका भाटले उपाधी चुमेका थिए ।

त्यस्तै, डोटी घर भएका त्रिभुवन आर्मी क्लबकै नवराज साउदले ३ घण्टा २ मिनेटमा उक्त दूरी पार गर्दै द्वितीय भएका छन् । साउदले गत वर्ष सम्पन्न प्रथम अल्ट्रा म्याराथनमा ३ घण्टा १३ मिनेटमा उक्त दूरी पार गर्दै उपाधि जित्न सफल भएका थिए । यस्तै, ३ घण्टा १४ मिनेटमा उक्त दूरी पार गर्दै पाँचथरका भूमिराज राइ तृतीय बन्न सफल भएका छन् ।

उक्त म्याराथनमा प्रथमलाई ८० हजार, द्वितीयलाई ६० हजार, तृतीयलाई ५० हजार रुपैयाँ नगद र सान्त्वना हुने पाँच जनाले जनही १५र१५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

धावन मार्ग क्षेत्रका स्थानीय बासिन्दाले सडक किनारमा पानीको घडा, खानेपानी, फलफूलले धावकहरुलाई स्वागत गरेका थिए ।म्याराथन उद्घाटन समारोहका अवसरमा व्यास नगरपालिकाले ख्यात्र्रिाप्त धावक वैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नगर प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रुपमा मानन्धर र कोजुलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका थिए।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment