कांग्रेसको अवरोध पछि आज पनि प्रतिनिधिसभाको बैठक स्थगित

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज(बिहीबार) पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ ।कांग्रेस सांसद डा। मीनेन्द्र रिजालले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने जनाएलगत्तै कांग्रेस सांसदहरु उभिएर संसद अवरोध गरेका थिए ।

अनशनरत् डा। गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बैठक चल्न नदिने कांग्रेसको अडानका कारण बैठक अवरुद्ध भएको हो ।
यसअघि, कांग्रेस सांसद रिजालले संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गलत प्रक्रियाबाट पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा। गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने बताए ।

सभामुख कृष्णबहादुर महराले बस्न आग्रह गर्दै संसदको नियमित कारबाही अगाडि बढाउने जनाएपनि कांग्रेस सांसदहरुले विरोध गरेपछि संसद बैठक आगामी आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment