राष्ट्रिय शहीद दिवसको अवशरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

पोखरा ।
आज माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । पोखरामा पनि शहिद दिवसको अवशरमा विभिन्न कार्यक्रमहरु संचालन भएका थिए । शहिद दिवसकै अवशर पारेर पोखरा चिप्लेढुंगामा मदिरा व्यवसायी समिति कास्कीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम २०७५ सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सन्दिप बहादुर कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ८० युनिट रगत संकलन भएको संस्थाका अध्यक्ष रुप नारायण भुजेलले जानकारी दिएका छन् ।

यस वर्ष सङ्घीय सरकार र प्रदेश सरकारले शहीद दिवस मनाउनका लागि कुनै परिपत्र नगरेता पनि आफुहरुले शहिदहरुको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको अध्यक्ष भुजेलले बताएका छन् ।

राज्यले सहिदको सम्झना र सम्मानका लागि भन्दै मुलुकका विभिन्न स्थानमा सहिद स्मारकहरु निर्माण गरेको छ । सहिद दिवसका दिन तिनै स्मारकहरुमा माल्यार्पण गर्ने गरिएको छ ।तर, न त अहिलेसम्म राज्यले सहिदको सर्वमान्य परिभाषा बनाउन नसकेकोमा कार्यक्रम संयोजक कृष्ण रानाभाटले दुःख व्यक्त गरेका छन् । कार्यक्रमलाई खड्ग बहादुर रानाभाटले संचालन गरेका थिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment