प्रदेश नम्बर २ मा चुनावी माहोल तात्दै, दलहरु उम्मेदवार टुंग्याउन व्यस्त

काठमाण्डौं । तेस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा प्रदेश नम्बर दुईका जिल्लाहरुमा चुनावी माहोला तात्दै गएको छ । आगामी असोज २ गते प्रदेश नम्बर दुईका आठवटा जिल्लाका १३६ स्थानीय तहको निर्वाचन हुँदैछ ।

स्थानीय तहको निर्वाचनका लागि अहिले दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातासँगको भेटघाटलाई निरन्तरता दिइरहेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र अरु दलका केन्द्रीय नेताहरु नै चुनाव हुने ८ जिल्लामा व्यस्त भएका छन् ।

केन्द्रमा भने उम्मेदवार टुंग्याउन पनि दलहरुले छलफल र बैठकलाई निरन्तरता दिइरहेका छन् । निर्वाचन तालिका अनुसार उम्मेदवार मनोनयनको दिन भदौ २१ गते नजिकिंदै गर्दा दलहरुले छलफललाई अन्तिम रुप दिन लागेको बताएका छन् ।

गाउँपालिकाको उम्मेदवार धेरै दलहरुले टुंग्याए पनि महानगर, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार टुंग्याउन समय लागेको कतिपय नेताहरुको भनाई छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment