दीपक मनाङेले लिए प्रदेशसभा सदस्यको शपथ

पोखरा ।

दीपक मनाङे नामबाट परिचित राजीव गुरुङले सोमबार प्रदेशसभा सदस्यको शपथ लिएका छन् ।सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

गत पुस ११ गते प्रदेशसभा कार्यालयमा दीपक मनाङेले शपथ खान पाऊँ भनी निवेदन दिएपछि यस विषयमा सभामुखले पटक-पटक छलफल गर्दै आएका थिए।शपथग्रहणपछि सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै मनाङेले चुनावमा आफूले गरेको प्रतिबद्धता पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मनाङको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार बनेका मनाङेलाई निर्वाचनमा वाम गठबन्धनले समर्थन गरेको थियो ।प्रदेशसभामा विजयी भएपनि उनको सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दा भएका कारण मनाङेले शपथ लिन पाएका थिएनन् ।मनाङे करिब ८ महिना जेलसमेत बसेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment