मिसेस कल्चरको औपचारिक शुभारम्भ

पोखरा
तेस्रो संस्करणको वाइवाई मिसेस कल्चर नेपालको गत शनिबारबाट एक कार्यक्रमका बिच औपचरिक शुभारम्भ गरिएको छ । चिप्लेढुङ्गा स्थित क्याफे डि गार्डेनमा भएको उक्त शुभारम्भ कार्यक्रम पश्चात अडिसन लिने कार्य शुरु भएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रम “हाम्रो संस्कृति हाम्रो पहिचान लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको हो । उक्त शुभारम्भ कार्यक्रममा बरिष्ठ म्युजिक डिरेक्टर तथा नेपाल आइडलका निर्णायक न्यू बज्राचार्य, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे, वरिष्ठ साहित्यकार कवि विपुल प्रतिक, युवा व्यवसायी अन्जन श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

कार्यक्रममा छनोट भएकालाई ४५ दिने बन्द प्रशिक्षण दिइने आयोजक संस्थाकी अध्यक्ष शोभा गौतमले जानकारी दिइन । प्रतियोगितामा सहभागी हुने प्रतिस्प्रर्धीहरूका लागि मोटिभेसन क्लास, कम्युनिकेसन क्लास, डान्स क्लास, सेल्फ मार्केटिङ क्लास आर जे÷ भि जे क्लास लगाएतका तालिमहरू दिइने आयोजकले बताएको छ ।

प्रतियोगितामा विभिन्न क्षेत्रमा आवद्ध विज्ञहरूले सहभागीहरूलाई प्रशिक्षण दिनेछन् । प्रतियोगितामा प्रथम हुनेले स्कुटर र चाँदिको क्राउन प्राप्त गर्नेछन् । इभेन्टको निम्ती मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ र सह–प्रायोजकमा हरपल चामलले सहकार्य गर्ने भएको र अन्य प्रायोजकहरूसँग केही दिनमा सम्झौता हुने संस्थाका निर्देशक नवराज पौडेलले बताए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment