गण्डकी प्रदेशकाे अर्थ तथा विकास समिती र अर्थमन्त्री गुरुङबिच छलफल

पाेखरा । गण्डकी प्रदेशकाे अर्थ तथा विकास समितीले आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङसँग आईतवार छलफल गरेेेेकाेे छ ।

समितिका सभापति दिपक कोईरालाको अध्यक्षतामा भएको छलफलमा समितिले  मन्त्रालयहरुलाई  समयमै वजेट कार्यान्वयन गराउन आवश्यक निर्देशन दिनुपर्ने तथा अनुगमन गर्नुपर्ने र प्रस्तावित राजश्व संकलन कार्यक्रमलाई विशेष कार्ययाेजना बनायर लाग्न अर्थमन्त्रालयलाई निर्देशन दिएकाे छ ।

कार्यक्रममा समितीका सदस्यहरुले अर्काे वर्षमा सन्तुलित बजेट ल्याउन तथा वजेट उत्पादन केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

छलफलमा अर्थमन्त्री किरण गुरुङले मन्त्रालयको चालु आर्थिक वर्षको कार्यप्रगति विवरण प्रस्तुत गर्दै समितीको सुझावलाई आत्मसात गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

वजेट विनियाेजन गर्ने अर्थमन्त्रालय भए पनि कार्यान्वयन गर्ने अरु मन्त्रालय हुने हुनाले वजेट कार्यान्वयन भए नभएकाे अनुगमन गर्ने काम भईरहेकाे र अनुगमनकाे मासिक रुपमा छलफल तथा समिक्षा समेत हुने गरेकाे बताए ।

साथै उनले बजेट समयमै कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरामा  आगामी दिनमा नयाँ कार्ययाेजना बनायर अगाडि बढ्न अर्थमन्त्रालय तदारुकताका साथ लागिरहेकाे बताए ।

अर्थसचिव मुक्ति पाण्डेले दाेहाेराे कर उठेकाे ठाउँमा बन्द गराइसकिएकाे र आवश्यक ठाउँमा अनुगमन समेत भईरहेकाे जानकारी दिए ।

बाहिर हल्ला भएजस्ताे कहि कतै दाेहाेराे कर नउठाईएकाेले आम नागरिकलाई भ्रममा नपर्न उनले अनुराेध समेत गरे ।

यसअघि समितीले आफ्नाे मातहतमा रहेका कृषि, भाैतिक तथा पर्यटन मन्त्रालयसँग छलफल गर्दै आवश्यक निर्देशन र सुझाव दिएकाे छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment