डा.गोविन्द के.सि लाइ अभिमन्यु को खुला पत्र

आदरणीय

डा. गोविन्द के.सि ज्यु ,

आराम छु आराम को कामना गर्दछु । तपाईं सङ्ग भेटेर कुरा गर्ने रहर त्यति बेला देखि थ्यो जति बेला तपाइ छैटौ अनसन बस्नु भो , तर म जस्तो एउटा सामान्य नागरिक तपाईं सम्म पुगेर भलाकुसारी गर्नु भनेको लासामा सुन छ रे भनेको सुन्नु बराबर जस्तो लाग्छ । तपाईंले देश र जनताको निम्ति स्वास्थ्य क्षत्रमा जुन खाल्को भुमिका निभाएको कुरा चोकचोक र पत्रपत्रिका बाट जब जब सुन्छु र पढ्छु तबतब लाग्छ देशमा स्वास्थ्य क्षत्रले निकै फड्को मार्दैछ । अनि गर्वले हल्का मुस्कान सङ्गै आँखा बाट तप्प आँसु चुइएको पत्तो पाउदिन , किनकी समयमा उपचार नपाएर भनु या गरिबी ले भनु मैले मेरो आमा गुमाउनु परेको पीडा म सङ्ग छ ।

तर पछिल्लो समयको घटना क्रम देख्दा जुन जोगि आएनी कानै चिरेको भन्ने आभास सङ्गै तपाईं प्रती मेरो जुन हेराइ थ्यो त्यो पनि गिर्दै गएको आफुलाइ महशुस गर्दछु । एउटा रुख मा धमिरा लाग्छ त्यस्का पात हरु रङ्गहिन बन्छ्न र हामी त्यही रुख लाई रङ्ग लगाउने र सिमेन्ट भरेर खोक्रो पुर्ने तर्फ लाग्छौ र गर्व गर्छौ , बिरुवामै समस्या भएकाले रुख राम्रो बन्न नसकेको कुरा हामी कसैलाइ ख्याल हुदैन । समस्या रुखमा होइन यहाँ बिरुवामा छ , बिरुवा रोपेर छोड्ने अनि रुख भएसी सक्लो काठ खोजेर कहाँ पाइन्छ , कस्तो बिरुवा हो के को बिरुवा हो र यस्को लागि कुन क्षत्र उपयुुक्त हुन्छ भन्ने कुरा हामिले कहिले ख्याल गर्यौ ?

यति धेरै चोटि अनसन बस्नु भो मलाई अनसन बस्नुभो त्यस्मा आपत्ती होइन यति धेरै अनसन तोड्नु भो त्यस्मा मलाइ ठूलो आपत्ती छ । स्वास्थ्य क्षत्रको सुधार को लागि अनसन बसेर कति उपलब्धि भयो र अनसन तोड्नु भो ? पाचौ चोटि अनसन तोड्दा समेत सहमति अनुसार काम राज्य ले गर्दैन भन्ने कुरा थाहा पाउनु नभएकै हो त । फेरि अनसन बस्नु भो फेरि तोड्नु भो फेरि बस्नु भो फेरि तोड्नु भो नियमित प्रक्रिया अनुसार केही परिवर्तन भयो तर तपाईं भने बस्ने उठ्ने मै समय खेर गको पत्तो पाउनु भएन र अनगिन्ती बसाइ र तोडाइ ले आजकल कतिचोटि पुग्यो गन्दै बस्नु सिवाय अरु केही काम रहेन । हुनत सानो मान्छे ठूलो कुरा गरे जस्तो होला तर तपाईं को त्याग र तपस्यामा केही पार्टीका मान्छे हरुले चर्चा पाउनको लागि हालिमुहाली गरेको देख्दा लाग्छ गोविन्द केसि आफू चर्चा को लागि बस्दै छन र त्यसैमा मा अरुले फाइदा लुट्दैछ्न ।

एक बर्ष अघि तपाइलाइ चिठी लेख्दा स्वास्थ्य तिर भन्दा डिन र न्यायाधीश तर्फ तपाईं को अनसन मोडिएको थियो अहिले दुई तिहाइ र एक तिहाइ हो बोलिमा दम्बमात्र देख्दा मनमा चसक्क भएर आउँछ । आखिर तपाईं जत्तिको मान्छेले नै विभिन्न पदमा रहेका मान्छेलाइ छुद्र शब्द बाटै गाली गलौच गर्ने हो भने तपाईं र म अनि राज्यमा अरुलाइ गाली गरेर आफू हिरो भन्नेहरु भन्दा के कम भयो र ?ठिक 1 बर्ष अगाडि पनि मैले लेखेको थिए असरत केसि लाई चिठी “चिठी उस्तै, सरकार उस्तै, स्वास्थ क्षत्र उस्तै, गोविन्द के.सि उस्तै, अनसन उस्तै” अनि उस्तै मेरो चिठी , खोइ त परिवर्तन ??

अन्त्यमा, मेरो मनमा अनेकौ प्रश्न हरु उठ्छ्न , तपाइले उठाएका सवालमा मेरो कुनै प्रश्न होइन त्यो एकदम जाहेज हो अझ भनौ अहिलेको दुई तिहाइ को घोषणा पत्र को अंश हो । तर अनसन बाट समस्या समधान हुन्न र भएन भने किन आन्दोलन को स्वोरुप परिवर्तन हुदैन ? गोविन्द केसि लाई समर्थन गर्ने हरु र #iamwithdrkc भन्दै छातीमा फोटोकपि टास्ने हरु किन सङ्गै अनसनमा साथ दिदैनन ? सोही TU मा रहेका नर्स बाहेक अरु डक्टरहरु किन मौन छ्न ? अनि केही नया पार्टिका टाउके हरु र तपाईं को नाम बेचेर भोट माग्ने ब्याक्तित्वहरु पार्टीको नाम बेचेर किन सडक तताएका छ्न ? अनि तपाईं अनसन बस्ने अनि सहमती भयो भन्दै तोड्ने किन गर्नु हुन्छ ? जबकी बारम्बार को धोका भएको थाहा पाउँदा पाउदै तपाइ किन फरक ढ्ङ्ग ले अघि बड्नु हुन्न्न ? यस्तै हो भने तपाइले गिनिज बुकमा नाम लेखाउनु हुन्छ र हजारौ आमाहरुको अकालमा ज्यान जान्छ अनि तपाइको अन्त्यस्टी सङ्गै अर्को गोविन्द को खोजिमा म भौतारिने छु ।

उहीँ तपाइको शुभचिन्तक

   अभिमन्यु पान्डे

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment