स्याङजामा गुडिरहेको ट्रकमा माथिबाट ढुङ्गा खस्दा चालकको मृत्यु

स्याङजाको वालिङ नगरपालिका—१३ गाहाखोलामा मंगलबारगुडिरहेको ट्रकमा सडक माथिबाट ढुङ्गा खस्दा चालकको मृत्यु भएको छ ।स्याङजावाट बुटवलको लागि छुटेको ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा पहाडबाट अचानक खसेको ढुङ्गा लागेर पुतलीबजार नगरपालिका–३, का २८ वर्षीय प्रेम शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

ट्रकका सहचालक राजन विकका अनुसार आफूलाई ढुङ्गा लागिसकेपछि चालकले गाडीलाई सडकको कुनातर्फ मोडेका थिए । ढुङ्गाले ट्रकलाई छेडेर चालकको टाउकोमा लागेको विकले बताउनुभयो ।

ढुङ्गा लागेर गम्भीर घाइते भएका शर्मालाई प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रकमा रहेका अन्य दुईजना भने सकुशल रहेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment