पोखरामा अत्याधुनिक पोल्ट्री बधशाला तथा फेवा चिकेन पोईन्ट संचालनमा

पोखरा ।
पोखरा–१७, विरौटामा फेवा मिट प्रोडक्ट् प्रा.लि द्धारा संचालित अत्याधुनिक पोल्ट्री बधशाला तथा फेवा चिकेन पोईन्टको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले  कार्यक्रमको उद्घाटन गरेका थियो ।

कार्यक्रममा बोल्दै मन्त्रिले गण्डकी प्रदेश सरकारले २०२२ मा २५ लाख पर्यटन भित्राउने लक्ष्य लिएको र त्यसमा पनि राम्रो खाध उत्पादन गरिे सो क्षेत्रमा चिकेन पोईन्टले टेवा पु¥याउने वताएका छन् ।

 गण्डकी प्रदेशको राजधानी पोखरामा गुणस्तरिय खाद्य पदार्थ उत्पादनमा यस्ता उद्योग धन्दा आवश्यक भएको बताउदै मन्त्री लम्सालले खाद्य बस्तुमा व्यवसायी तथा उद्योगीहरुले बिषेश ध्यान दिन आग्रह गरे ।

५५ जनालाई प्रतक्ष्य रोजगार दिनेगरी संचालनमा आएको   उक्त बधशाला तथा चिकन पोइन्टमा  करिब ६ करोड लगानी भएको बताइएको  छ । गण्डकी प्रदेशमा दैनिक ४५ हजार कुखुराको मासु खपत हुदै आएको फेवा मिटले करिब ६ प्रतिशत अर्थात दैनिक २ हजार ५ सय केजी कुखुरा विक्रि गर्दै आएको बरालले जानकरी दिए ।

ईटलीबाट ल्याएको अत्याधुनिक मेसिनले दैनिक करिब ४ हजार कुुखुरा स्लटीङ गर्न सकिने उनले बताए । अन्तराष्ट्रिय बजारमा लैजान सक्ने गरी गुणस्तर उत्पादन गर्ने उनको भनाई थियो ।

विगत २० वर्ष देखि सोही क्षेत्रमा कार्यरत रहि ग्राहक वर्गको आवश्यकतालाई मध्यजनर गर्दै व्यवस्थीत मासु एवम् मासुजन्य परिकार उपलब्ध गराउने संचालक सुर्य प्रसाद बरालले जानकारी गराएका छन् ।कार्यक्रममा पोखरा–१७ का वडा अध्यक्ष, स्थानीय आमा समुहकी अध्यक्ष लगायतका व्यक्तिहरुले शुभकामना मनतव्य राखेका थिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment