शिखर सुजको मेलामा घटेनन् अवलोकनकर्ता, मेला एक साता लम्बाईयो

पोखरा । पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरमा जारी शिखर सुजको मेला एक साता लम्बिएको छ । तीन साताका लागि भनेर आयोजना गरिएको भएपनि ग्राहककै आग्रह अनुसार मेला एक साता थप गरिएको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।

मेलाको निर्धारित तीन साताको समय बितिसक्दापनि मेलामा अवलोकनकर्ताको भिड घटेको छैन । पोखरेलीलाई उपभोक्तालाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउने उद्येश्यले आयोजित सेल मेला असामान्य छुट दिइएकाले पनि मेलामा अझैसम्म ग्राहकको भिड लागको हो ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेक छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पल पनि राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment