डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि  राति काठमाडौं लगियो

पोखरा।
चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं पटक इलाममा अनशनरत प्रा।डा।गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिल समस्या देखिन थालेको छ । यसरी दिन प्रतिदिन स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई गएरातिइलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।

डा। केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको छ ।हिजोदेखि उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकको सल्लाह र नागरिक अगुवाहरुको पहलमा काठमाडौं ल्याइएको हो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment