आज देशभर माघे संक्रान्ति पर्व मनाइएको, राष्ट्रिपति भण्डारीद्धारा शुभकामना

पोखरा । आज देशभर माघे संक्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।माघे संक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ ।

नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् भने नुवाकोटको तारुकामा जुधाएर रमाइलो गर्ने अनौठो चलन छ ।आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

त्यस्तै राष्ट्रिपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी गरेकी छन् ।माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकाना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति भण्डारीको ठम्याइ छ ।एउटै पर्वलाई फरकफरक नाम र शैलीले मनाउने नेपाली परम्पराले शान्तिको सन्देश फैलाएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment