धितालमा ल्होसार मेला सुरु, दर्शकको चाप बढ्दो

पोखरा ।
कास्कीको माछापुच्छ्रे गा.गा–६ हेम्जाकोटमा ल्होसार मेला संचालन भैरहेको छ । । जय बराह युवा क्लबको आयोजनामा संचालीत मेला शनिबार देखी बुधबार सम्म संचालन हुने संचालक सुन्दर गुरुङले जानकारी दिएका छन् ।

मेला अवलोकनको लागि धिताल, धम्पुस, हेम्जा, ल्वाङ घलेल लगाएतका क्षत्रबाट दर्शकहरुको ओहीरो लागेको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बरालले धिताल पर्यटकीय गनतव्य भएको र त्यहाको सम्भावनालाई उजागर गर्नुपर्ने जोड दिएका छन् ।

साथै धितालको सडक स्तरोन्तका लागि प्रदेश सरकारबाट एक करोड बजेट बिनियोन भएको र टेण्डरको अन्तिम प्रक्रियामा रहेको जानकारी दिएका छन् । त्यस्तै गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले धितालको पर्यटन विकासको लागि गाउँपालिकाले नौमती बाजा पार्क निमार्ण गर्न सहयोग गर्ने बताएकी छन् ।

मेलामा भलिबल प्रतीयोगिता, एकल नृत्य, रस्साकस्सी, घैटो फुटाई, ठेलो हान्नेलगाएतका प्रतियोगिता हुने क्लबका अध्यक्ष रबिन गुरुङले जानकारी दिएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment