अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडकको स्तरोन्नति कार्य शुरु

पोखरा ।

चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको स्तरोन्नति कार्य थाल्ने लक्ष्यअनुरूप अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडकको स्तरोन्नति कार्य शुरु गरेको छ ।

बजेट समेत विनियोजन गरिएको जानकारी दिँदै गाउँपालिका अध्यक्ष युवराज कुँवरले सडकको स्तरोन्नति कार्य अघि बढिसकेको बताए ।स्तरोन्नति गर्न लागिएका सडकमध्ये नयाँ पुल हुँदै घान्द्रुक जोड्ने सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख छुट्याएको छ भने अन्य अधिकांश सडकका लागि गाउँपालिकाले नै बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले काँडे हुँदै सल्यान जोड्ने ११ किमि। सडकका लागि रु ७० लाख छुट्याएको छ भने वीरेठाँटी हुँदै उल्लेरी जोड्ने १६ किमि सडकका लागि रु ४५ लाख विनियोजन गरिएको छ ।लुम्ले घुम्ती हुँदै लान्द्रुक पुग्ने २२ किमि सडकका लागि ४० लाख छुट्याएको गाउँपालिकाले ढिकुरपोखरी धारपानी हुँदै देउराली जोड्ने नौ किमि सडक, नागडाँडा हुँदै कार्कीको तहरा जोड्ने १५ किमि।

सडक र नागडाँडा हुँदै सेराचौर जोड्ने ११ किमि सडकका लागि रु २५/२५ लाख छुट्याइएको छ ।भौगोलिक अवस्थिति समेतका आधारमा सडकका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष कुँवरले प्रदेश सरकारको सहयोगमा स्तरोन्नति हुने सडकका लागि गाउँपालिकाको ३० प्रतिशत सहभागिता हुने बताए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment