अमेरिकि महिलालाई बलात्कार गरेको आरोप रोनाल्डोको डीएनए परिक्षण गरिने

पोखरा । महिलाको बलात्कार गरेको आरोप कृस्टियानो रोनाल्डोलाइ लागेको छ । अमेरिकामा एक महिलालाई बलात्कार गरेको भनी पोर्चुगिज सुपरस्टार रोनाल्डोको डीएनए परिक्षण गरिने भएको छ ।

लास भेगासको प्रहरीले बलात्कार आरोपको सत्यतथ्य पत्ता लगाउन युभेन्ट्सका स्टार खेलाडीको डीएनएको नमुना प्रशिक्षण गरिने जनाएको छ ।रोनाल्डोका वकिल पिटर क्रिस्टियनसेनले डीएनएको नमुना परिक्षणका लागि प्रहरीले विशेष आग्रह गरेको बताएका छन् ।अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाले सन् २००९ मा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, रोनाल्डोले त्यसलाई नकार्दै आएका छन् ।

रोनाल्डोको विषयमा अहिले छानबिन चलिरहेको छ । यही बेला रोनाल्डोलाई अर्को आरोप पनि लागेको छ ।लेनार्ड बेलायती सेलिब्रेटी हुन् । उनले रोनाल्डोलाई आरोप लगाउँदै अमेरिकाकी क्याथ्रीनलाई सघाउने पनि बताएकी छन् ।उनकी पूर्व प्रेमिका एवम् मोडल जास्मिन लेनार्डले रोनाल्डोको आलोचना गर्दै उनलाई ‘मानसिक रोगी’ भएको आरोप लगाएकी छन् ।

लेनार्डले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् – ‘म क्याथ्रीन र उनका वकिललाई सहयोग गर्न चाहन्छु । म सँग त्यस्ता धेरै सूचना छ, त्यसले तपाईंलाई सहयोग गर्न सक्छ ।’

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment