अब पोखराबाटै श्रम स्वीकृति दिन शुरु

पोखरा । काठमाडौँबाट मात्रै हुँदै आएको श्रम स्वीकृति अब गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि हुने भएको छ ।आज देखि नै श्रम स्वीकृति दिने गरी केन्द्र सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पोखराबाट पनि श्रम स्वीकृति दिने भएको हो ।

वैदेशिक रोजागरीमा जाने कामदारहरुको सहजता लागि पोखराबाटै श्रम स्वीकृति दिन थालिएको छ । श्रममन्त्री गोकर्ण विष्टले दुई जना युवालाई पुन श्रम स्वीकृति दिएको राहदानी दिएर शुरु गरे ।

मन्त्री विष्टले स्याङजाका खड्क बहादुर गुरुङ र नवलपरासीका चन्द्रमान गुरुङलाई राहादानी दिए । चन्द्रमान १८ बर्ष देखी मकाउमा कामका लागि आउने जाने गरेका छन् भने खड्कबहादुर १२ वर्ष देखी दुबही काम लागि आउने जाने गरेका छन् ।

प्रदेशबाट श्रम स्वीकृति पाएको उनीहरुले खुसि व्यक्त गरे ।प्रदेशबाटै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि श्रम स्वीकृति जारी गरेको मन्त्री बिष्टले बताए । उनले नेपालमा नै रोजगारी सिर्जना गर्नका लागि सरकार ७ सय ५३ वटै स्थानीय तहमा रोजगार केन्द्र स्थापना गर्न लागेको बताए ।

श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख नारायण प्रसाद श्रेष्ठले जानकारी दिए । उनले नयाँ श्रम स्वीकृति भने अहिले नै शुरु नभएको बताए ।

अहिले पुनः श्रम स्वीकृति मात्रै भएको केही दिन पछि नयाँ श्रम स्वीकृतिको काम पनि पोखराबाटै हुने बताए ।प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाण्डौ धाउनुपर्ने अवस्थाको अन्त्य भएको उनलको भनाई थियो । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment