अन्नपूर्ण गाउँपालिकामा बृहत निःशुल्क स्तन तथा क्यान्सर परिक्षण शिविर हुने

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा लायन्स क्लब अफ गण्डकी दोभान को आयोजनामा बृहत निःशुल्क स्तन तथा क्यान्सर परिक्षण शिविर हुने भएको छ । अन्नपूर्ण –६ लुम्लेको घुम्तीमा माघ ३ गते र नौडाडा स्वास्थ्य चौकीमा ४ गते शिविर संचालन हुन लागेको हो ।

उक्त शिविरमा महिलाको स्तन तथा पाठेघर पुरुषको चेष्ट अथवा शरिरका विभिन्न ठाउँमा आउने गाठा गुठीहरुको अत्याधुनीक मेसिनद्धारा परिक्षण हुने ढिकुरपोखरी समाज पोखराका उपाध्यक्ष बाबुराम भण्डारीले जानकारी दिएका छन् ।

सो कार्यक्रममा वि.पि कोईराला मेमोरीयल क्यान्सर हस्पिटलका वरिष्ठ प्राविधिकहरुको सहयोग रहने भएको छ ।कार्यक्रमलाई थाहा फाउन्डेशनले संयोजन गर्नेछ ।

त्यस्तै व्यवस्थापनमा ढिकुरपोखरी समाज पोखरा र सहयोगीमा अन्नपूर्ण गाउँपालिका रहेका छन् । साथै देशका विभिन्न ठाउँमा क्यान्सर रोगको परिक्षण शिविर संचालन गर्दै आएका थाहा फाउण्डेसनका सरस्वती अधिकारी र समाजका उपाध्यक्ष बाबुराम भण्डारीको बिशेष पहल रहनेछ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment