रोल्पामा सिरक डसना बनाउने मेसिन विस्फोट, एक जनाको मृत्यु तीन जना घाइते

पोखरा । रोल्पामा सिरक डसना बनाउन प्रयोग गरिने मेसिन विस्फोट भएको छ । विस्पोटनमा परी एक जनाको मृत्यु भएको छ  भने तीन जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका वडा नं. ४ निगालपानीमा मेसिन विस्फोट हुँदा बर्दिया निवासी २८ वर्षीय जय कृष्ण न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रा १ त ६३५ नम्वरको ट्याक्टरमा लोडेड मेसिन विस्फोट हुँदा बर्दिया जिल्ला निवासी ४२ वर्षीय विष्णुचन्द्र चौलागाई,कैलालीका जनक न्यौपाने र रोल्पाको त्रिवेणी ६ निवासी धनबहादुर पुन घाइते भएका छन्।

घाइतेहरूको दाङको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।

त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा सदस्य प्रेमबहादुर बुढामगरले मंगलबारबाट सञ्चालनमा आएको उद्योग उद्घाटन गर्ने क्रममा विस्फोट भएको जानकारी दिए।

घाइते चौलागाई र न्यौपाने मेसिन नजिकै रहेको हुँदा उनीहरूको अवस्था गम्भीर रहेको छ। पुन पसल बाहिर रहेको भए पनि उनलाई विस्फोट भएको टुक्राहरू लागेका छन्।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment