नवलपुरको मध्यविन्दुमा यात्रुबाहक बस पल्टिदा २३ यात्रु घाइते

पोखरा । नवलपुरको मध्यविन्दुमा यात्रुबाहक बस पल्टिदा २३ यात्रु घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु ११ बाहुनेकुनामा सोमबार बिहान करीव ३ बजेतिर बस दुर्घटना भएको हो । सुर्खेतबाट काठमाडौं जानका लागि आउँदै गरेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भै पल्टदा दुर्घटना भएको थियो ।

बस सडकबाट करीव १०० फिट उत्तर साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको र उनीहरूलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् ।

बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment