छतबाट खसेर ३ वर्षे बालकको मृत्यु

पोखरा । राजधानीको पुरानो बानेश्वरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।

काभ्रे चौरी देउराली घर भइ हाल पुरानो बानेश्वर बस्दै आएका भुपेन्द्रराज गिरीका ३ वर्षीय छोरा अंशु गिरीको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो ।

केएमसीबाट थप उपचारको लागि नेपाल मेडिसिटी अस्पताल नख्खु पठाइएको थियो । बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment