खोटाङमा माघ १८ गते लाटोकोसेरो महोत्सव

 

पोखरा । आगामी माघ तेस्रो साता खोटाङमा आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो दिवसको अवसर पारेर २ दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको हो ।

लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पुर्याउने उद्देश्यले प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालय जालपाको सहकार्यमा माघ १८ र १९ गते उत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं वडाध्यक्ष विकास राईले बताए ।

पहिलो दिन लाटोकोसेरोसम्बन्धी लघु म्युजियम प्रदर्शनी, विभिन्न प्रजातिको चरा अवलोकन, प्रकृतिको तस्वीर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रोलगायत लोपोन्मुख खेल प्रदर्शनी गरिने शुक्रबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने उत्सवको दोस्रो दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षणसम्बन्धी नृत्य, स्थानीय तामाङ समुदायको डम्फु र सेलो, शेर्पाको सेब्रु, किरात राईको साकेला र मारुनी, हिन्दू महिलाको सङ्गिनी नाच, गुरुङ जातिको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा तथा बिनायो, पीपीरी, यलम्बर, मादल, बाँसुरीलगायतका स्थानीय बाजा प्रदर्शनी गरिने छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment