वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी

पोखरा । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा  चारजना गम्भीर बिरामी भएका छन् ।

वन माहुरीले टोक्दा बजराहीका ४० वर्षीय मोहन साह, ४५ वर्षीया शलतियादेवी साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गिम्भीर बिरामी भएको स्थानीयवासीले बताएका छन् ।

चारै जनाको उपचार जिल्ला अस्पताल जनकपुरमा भइरहेको छ । शलतियादेवीको अवस्था गम्भीर रहेको उनका पति मुसाफिर साहले बताए । बिहीबार साँझ घाँसपात लिन घरबाट ५०० मिटर दुरीमा रहेको बगैंँचामा गएको बेला अचानक वन माहुरीको गोलाले आक्रमण गरेको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment