साक्षरता दिवस साताव्यापी मनाइने

काठमाण्डौं । अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले यस वर्ष साताव्यापी रुपमा ३८ औँ राष्ट्रिय शिक्षा दिवस र ५१औँ अन्तराष्ट्रिय साक्षरता दिवस मनाउने भएको छ । केन्द्रले पत्रकार सम्मेलन गरेर पत्रकार निर्देशक चूडामणि पौडेलले आइतवारदेखि दिवस मनाइने बताए ।

केन्द्रले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित राष्ट्रिय शिक्षा दिवस र प्रविधि युगसापेक्ष साक्षरता भन्ने नाराका साथ अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस मनाउने भएको हो ।

कार्यक्रमअनुसार भदौ १८ गते केन्द्रमा वृक्षरोपण, गुण्डु र काठमाडौँको नांलेभारेस्थित पटापमा सडक नाटक प्रदर्शन गरिने भएको छ ।

त्यस्तै साक्षरतासम्बन्धी लोकदोहोरी प्रतियोगिता, साक्षर भएपछिको परिवर्तन शीर्षकमा वृत्तचित्र प्रदर्शन गरिने निर्देशक पौडेलले जानकारी दिए । त्यसै गरी भदौ २३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा जनचेतनामूलक कक्ष राखेर साक्षरता दिवस मनाइने छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment