मनकामना केबुलकार पोखरा कप आगामी माघ १५ देखि

पोखरा । कास्की जिल्ला फुटबल संघको आयोजनामा छैठौँ संस्करणको ‘मनकामना केबुलकार पोखरा कप – २०७५ अन्तर्राष्ट्रिय फुटबल’ प्रतियोगिता यहि माघ १५ देखि २६ गतेसम्म हुने भएको छ ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको जमघट गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको संघका अध्यक्ष मिलन गुरुङले बताए ।

गत बर्षको भन्दा पुरस्कार राशीमा बृद्धि गरि बिजेता टिमलाई ७ लाख ५५ हजार रुपैयाँ र उपबिजेतालाई ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिए ।

उत्कृष्ट ५ विधाका खेलाडीहरुलाई २५ हजार रुपैयाँ र उत्कृष्ट खेलाडीहरुलाई मोटरसाइकल पुरस्कार दिइनेछ ।यसैगरि प्रतियोगितामा टिकटदर पहिलो चरणको लागि १ सय रुपैयाँ र दोस्रो चरणका खेलहरुको लागि १ सय ५० रुपैयाँ लाग्नेछ ।

१ करोड १७ लाख अनुमानित खर्च रहेको यस प्रतियोगितामा १ करोड २८ लाख ५० हजार अनुमानित आम्दानीको अपेक्षा आयोजकले गरेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment