पुसको अन्तिम हप्ता निरमाया मञ्चन

पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा पुस २७ गतेबाट “निरमाया” मञ्चन हुने भएको छ । गन्धर्व नाटकघरमा यतिबेला नाटक निरमाया मञ्चनको तयारी भइरहेको छ ।

पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन हुने यो नाटक साहित्यकार सरुभक्त श्रेष्ठले लेखेका हुन्, जसको निर्देशन परिवर्तन कार्कीले गरेका छन् । नाटक मञ्चनको लागि कलाकारले यतिबेला दैनिक रुपमा रिर्हसल गरिरहेका छन् ।

पौष २७ गतेबाट माघ १२ गतेसम्म मञ्चन हुने यो नाटकलाई उत्कृष्ट बनाउन कलाकारहरुले मेहनत गरिरहेका छन् ।

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, इश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा आदीको अभिनय रहनेछ ।

झण्डै पौने दूईघण्टाको नाटकलाई उत्कृष्ट बनाउदै दर्शकको मन जित्ने लक्ष्यमा आफुहरु रहेको पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment