पोखरा महोत्सवमा दर्शकको चाप तिव्र

पोखरा / नामै सुन्दा पर्यटक गन्तव्य मानिन्छ । पोखरामा पर्यटकलाई स्वागत गर्न कुनै मेला महोत्सव चाहीदैन । तैपनी पोखरामा प्राय जसो मेला महोत्सवहरु भई रहन्छन् । यतिवेला पोखरामा महोत्सवको पनि उत्सव चलिरहेको छ । यतिबेला ‘स्ट्रिट फेस्टिबल’ अर्थात पोखरा सडक महोत्सव पोखरामा व्यापक रुपमा लागेको छ ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने मुल नारा बोकेर सुरु हुने यो मेलाले पोखराको पर्यटनका लागि खास अर्थ राख्ने गर्छ ।। व्यवसायीले सडकमै खानाका मेनु सजाउँछन्, पस्कन्छन् । दिउसो लोक दोहोरी र झाँकी । रातमा पप कन्र्सटसँगै झुन्छन् पोखरेली । यो सडक महोत्सवको विशेषता नै हो ।

महोत्सवमा आइतबार प्रजापति पराजुली, प्रिति आले, जीवन दाहाल, राजन कार्की, प्रेमराज अधिकारी, शिवहरी ढुंगाना र लक्ष्मी नेपालीको लोकदोहोरी प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएको थियो भने भद्रगोलका जिग्री र पाँडेले दर्शकहरुलाई पेट मिचि मिचि हाँस्न बाध्य बनाएका थिए ।

री २० औ पोखरा सडक महोत्सवमा आइतबार रेवानमा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत वेटरहरुविच दौड प्रतियोगिता सम्पन्न भयो । यसअघि शनिबार सम्पन्न डुँगा दौडमा स्विमिङपुल घाट ए प्रथम, बाराही घाट द्धितिय तथा फेवा घाट तृतीय भए । बोट रेसमा प्रथमले नगद १५ हजार, द्धितियले नगद ८ हजार तथा तृतीयले नगद ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।

रस्साकसीमा होलिग्यान्स नेपाल टिम प्रथम, गौरीघाट टिम द्धितिय भए । प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार तथा द्धितियले नगद १० हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, सदस्य विश्वराज पौडेल, टान उपाध्यक्ष सुसिल पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सवमा सोमबार टुरिष्ट रेस, स्टाफ रेस लगायतका प्रतिस्पर्धाहरु हुने खेलकुद उपसमिति संयोजक विकास भट्टराईले जानकारी दिएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment