गण्डकी प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा विश्वविद्यालय खोल्ने निधो

पोखरा । गण्डकी प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा विश्वविद्यालय खोल्ने निधो गरेको छ ।

प्रा.डा. गणेशमान गुरुङको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले भानुभक्त क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्न सकिने सुझावसहितको प्रतिवेदन गत असारमा प्रदेश सरकारलाई बुझाएको थियो ।

भानुभक्त क्याम्पस, यसको स्वामित्वमा रहेको जग्गा र थप सार्वजनिक जग्गा पनि रहेकाले त्यहाँ विश्वविद्यालय खोल्न उपयुक्त हुने सुझाव समितिको थियो ।

समितिको प्रतिवेदनमाथि छलफल गर्दै मन्त्रिपरिषदले बेलचौतारामा नै विश्वविद्यालय खोल्ने निधो गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कुल ४ सय ७५ रोपनी क्षेत्रफल जग्गा प्रदेशलाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

केन्द्र सरकारले जग्गा सहजै जग्गा उपलब्ध गराएर अब बेलचौतारामै प्रदेशस्तरीय विश्वविद्यालय खुल्नेछ । विश्वविद्यालय खोल्न प्रदेश सरकारले कानुनको मस्यौदा तयार पारिरहेको छ भने विश्वविद्यालयको स्वरुप र सञ्चालन ढाँचा अध्ययन गर्न कार्यदलसमेत गठन गरेको छ ।

डा। तीर्थबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय विश्वविद्यालय स्वरुप र सञ्चालन ढाँचा अध्ययन कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाल सरकारका पूर्व मुख्य सचिव डा। सोमलाल सुवेदी, पूर्णकान्त अधिकारी, डा। कृष्णराज अधिकारी र डा। लेखनाथ भट्टराई सदस्य छन् ।

समितिले विश्वविद्यालयको स्वरुप, सञ्चालन ढाँचाबारे अध्ययन गरी ४ महिनाभित्र प्रतिवेदन बुझाउने छ । समिति संयोजक थापा मुख्यमन्त्रीको जिल्ला लमजुङकै हुन् । थाइल्यान्डबाट मेडिकल पीएचडी गरेका थापा लामो समयदेखि हेल्थ एजुकेसनको क्षेत्रमा काम गर्दै आएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment