रुकुममा ट्याक्टर दुर्घटना, १ को मृत्यु, १ घाइते

 

पाखरा । रुकुम पूर्वमा आज अपराह्न ४ बजेतिर ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा१त १६९४ नंको ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङको मृत्यु भएको छ भने ।
सोही दुर्घटनामा परी रुकुम ९पश्चिम० आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन् ।

सोही दुर्घटनामा परी रुकुम ९पश्चिम० आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन् ।

हिउँमा चिप्लिएर ट्याक्टर सडकबाट करीब ३०० मिटर तल खसेको बताइएको छ । घाइते विकको जिल्ला अस्पताल सल्ले रुकुम ९पश्चिम०मा उपचार भइरहेको छ । ट्याक्टर चालक दाङका सन्तोष चौधरी फरार रहेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment