पोखरा जारी पुरुष लिग भलिबलको फाइनलमा आर्मी र शसस्त्र भिड्ने

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र अर्को विभागीइ टोली एपिएफ चौथो संस्करणको आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको फाइनल प्रबेश गरेका छन् । तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीसँग खेल्ने छ ।

आर्मी १८ अंकका साथ र्शिष स्थानमा छ भने एफिएफ १७ अंकका साथ दोस्रो, नेपाल पुलिस क्लब १६ अंकका साथ तेसोर मणिमुकुन्द ११ अंकका साथ चौथो स्थानमा छ ।
मणिमुकुन्दले शुक्रबार हेल्प नेपालको अनुपस्थितिमा तीन अंक पाएपछि ११ अंकसहित चौथो स्थानमा रहदै तेस्रोस्थानको लागि आज खेल्ने छ ।
उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment