हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

अमेरिका । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेका वीवीसीले जनाएको छ ।

अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको मृत्यु भएको केही दिनमा नै पुनः यो घटना भएको हो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment