फेसन शो ‘जीवनशैली’ को पोखरा अडिसन

पोखरा । आरएनआर ग्रुपले पोखरामा भव्य फेसन शो आयोजना गर्दैछ । त्यसका लागि आइतबार होटल बाराहीमा अडिसन हुनेछ । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिकरुपमा विकास गर्न विभिन्न मोडलिङबारे इभेन्ट गर्दै आएको बताइन् । उनका अनुसार राजधानी काठमाडौ, पोखरासहित अन्य ठाउँमा अडिसनपछि आगामी असोज ६ गते होटल बाराहीमै फेसन शो हुनेछ ।

‘जीवनशैली’ नाम दिइएको उक्त फेसन शोका लागि मोडललाई पहिलो अडिसन राजधानीमा गरिएको थियो । अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएका थिए । जसमध्ये ५ जना छनोट भएको निर्णायकमध्येका एक पत्रकार डब्बु क्षेत्रीले जानकारी दिए ।

राजधानी अडिसनमा फोटोग्राफर राजभाई सुवाल, मोडल विपना थापा, पत्रकार डब्बु क्षेत्री, फ्लाईटेकका निर्देशक नाजिर हुसैनलगायत निर्णायक थिए ।

आरएनआर गु्रपले यसअघि राजधानीमा फेसन गर्दै आएको थियो । पोखरामा भने पहिलोपटक फेसन शो हुन लागेको हो । मोडलिङमा करिसर बनाउन इच्छुकलाई आयोजकले अडिसनमा सहभागी हुन आग्रहसमेत गरेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment