म्याग्दीमा लागूऔषध सहित एक जना पक्राउ

पोखरा । म्याग्दीमा लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको गरेको छ ।

बेनी नगरपालिका–८ मा खटिएको प्रहरीटोलीले उदयपुर कटारी–१० घर भएका २४ वर्षीय आर्यन कार्कीलाई लागूऔषध सहित पक्राउ गरेको छ ।

पक्राउ पर्ने कार्कीको साथमा नुर्फिन २४ ऐम्पोल, फेनारागन २४ ऐम्पोल, डाईजेपाम २४ ऐम्पोल गरी जम्मा ७२ एम्पोल लागूऔषध र एउटा प्रयोग गरिएको सिरिन्ज प्रहरीले बरामद गरेको छ ।

कार्कीमाथी लागूऔषध अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने भप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment