नयाँबजारको मेलामा आज अभिनासको प्रस्तुती

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ ।

नेपाल महिला उद्यमी संघमा आवद्ध महिला उद्यमीहरुको सहभागिता रहने छ भने सो कार्यक्रममा संयोजनमा उद्यमशीलता चाहने महिलाहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले बताईन् ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवारमा पनि वृद्धि भएको छ ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत नै शुक्रबार अर्थात आज मंसिर २१ गते चर्चित पप गायक अविनाश घिसिङको विशेष प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीले जानकारी दिए ।

लोकदोहोरीतर्फ प्रजापति पराजुली,पशुपति शर्मा, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, पार्वती जिसी, रामजी पौडेल, ज्योति लोहनी,केशव घिमिरे, लक्ष्मी सुवेदीलगायतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्दैछन् ।

एक्सपोमा आयोजना भएको लोकदोहारी प्रतियोगिताअन्तर्गत सुमन केसीको समूह र दोहोरी गीत प्रतिष्ठान स्याङ्जाको भिडन्त पनि आजको को आकर्षण रहनेछ ।

विद्यालयस्तरीय एकल तथा सामूहिक नृत्य प्रतियोगिता पनि उत्कर्षतिर पुगेकोले रोमाञ्चकता थपिएको उनले बताए ।

मेलामा चण्डिका आमा समूह, नमूना आमा समूह, नेपाल प्रहरी महिला संघ,गण्डकी प्रदेशको रत्यौली तथा तायः मचाः साँस्कृतिक झाँकी पनि महोत्सवको आकर्षण रहेको छ ।

यता प्रवेश टिकटमा राखिएको दैनिक पुरस्कारअन्गर्तत बुधबार काटेको टिकटबाट सरस्वती नेपालीले करिब २५ हजार बराबरको युरोगार्ड उपहार प्राप्त गरेका छन् ।

उनले बुधबार काटेको टिकट नम्बर ८०५६ को अर्धकट्टीको आधारमा उनले पुरस्कार प्राप्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले विजेता सरस्वतीलाई सो पुरस्कार हस्तान्तरण गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment