युथ क्रियशनको घेरो पोखरामा मङ्सिर २१ गतेदेखि

अञ्जना पैडेल, पोखरा । पोखरामा यहि मङ्सिर २१ देखि नाटक घेरो मञ्चन हने भएको छ । युथ क्रियशन थिएटरको प्रस्तुति नाटक घेरो यहि मंसिर २१ गतेदेखि २९ गतेसम्म पोखरा थिएटर गैह्रापाटनमा मञ्चन हुने भएको छ । जसलाई कपिल शर्माले निर्देशन गरेका छन् ।

समाजमा भएको अन्धविश्वास तथा कुरीतीहरुलाई नाटक घेरेले ठकमक्कै घेरेको र समाजमा घटिरहने घटनालाई टपक्कै टिपेर नाटक बनाएको लेखक केदार पौडेलले बताए ।

पोखराको रंगमञ्चमा भईरहने नाटकभन्दा केही फरक शैलीमा नाटक निमार्ण भएको निमार्ण समितिले बताएको छ । घेरो एउटा बालन शैलीमा लेखीएको लोक नाटक हो । नाटकममा विभिन्न किसिमका भजनहरु समावेश भएका छन् उक्त भजनहरुमा मदुसुधन पौडेलको रचना रहेको छ । भने नाटकको कन्सेप्ट डिजाईन सरोज अर्यालको गरेका छन् ।

पोखरामा सुस्ताएको रंगनञ्चलाई व्युँझाउनका लागि युथ क्रियशन थिएटरको यो छैठौँ प्रस्तुती हो । नाटक घेरेले हाम्रो मौलीक संस्कृतीहरुको संरक्षण र प्रचारप्रसारमा महत्वपुर्ण भुमिका खेल्ने निर्देशक शर्माले बताए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment