गोरखामा सिसि क्यामेरा जडान

१८, मंसीर- पोखरा । गोरखा नगरपालिकाका बजार क्षेत्रमा पनि सिसि क्यामेरा जडान गरीएको छ । जडान गरिएका उक्त सिसि क्यामेराहरुलाई यही मंसिर १७ गते एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरिएको  हो । ।

सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना साथै जिल्ला समन्व समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतित्थ्यता सम्पन्न भएको उक्त कार्यक्रममा बजार क्षेत्र भित्र जडान भएका ३९ वटा सि.सि. क्यामेराहरुको उद्‌घाटन साथै सार्वजनकिकरण गरिएको हो ।

गोरखा स्थित विभिन्न वित्तिय संघ सस्था, टोल विकास संस्था र अन्य साझेदारी सस्थाहरुको सहयोगमा गोराखा नगरपालिकाका वडा नं।६, ७, ८ को बजार क्षेत्रमा २४ लाख ६० हजारको लागतमा ३९ वटा सिसि क्यामेरा जडान गरिएको हो ।

जडान गरिएका सि.सि. क्यामेरा सामुदायिक सेवा केन्द्र गोरखाद्वारा गोरखा नगरपालिकालाई र गोरखा नगारपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्त्रण गरिएको हो । सि.सि. क्यामेरा जडानमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था एवं व्यक्तिहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।

सोही सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त, ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिहं बोहोरा, स्थानिय जनप्रतिनिधिहरु, आम नागरिक, पत्रकार लगयातको उपस्थिति रहेको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment