विहिवारदेखि बारटेण्डको ट्रे«निङ

पोखरा । पोखराको जिरो किलोमिटरमा रहेको स्कुल अफ बारटेण्डरर्सले विहिवारदेखि विशेष बारटेण्डको टे«निङ दिने भएको छ । तीन जना युवाहरुले संचालनमा ल्याएको बारटेण्डरर्सले विहीबारदेखि तालिम दिने बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक मध्येका एक शैलेश शाहीले जानकारी दिए ।

बारटेण्डरर्सले विशेष गरि बारटेण्डिङ, बारिष्टा, फायर एण्ड जगिङ र वेटरको तालिम दिने अर्का संचालक राजेन्द्र गुरुङले बताए । उनका अनुसार दुई महिने बारटेण्डिङको लागि २५ हजार, एक महिने बारिष्टाको लागि १५ हजार, एक महिने फायर एण्ड जगिङको लागि १५ हजार र एक महिने वेटरको लागि १२ हजार रुपैयाँ लाग्नेछ ।

पोखरामा पछिल्लो समय बारटेण्डरसमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले विशेष स्कुल संचालनमा ल्याएको अर्का एक संचालक रविन केसीले बताए ।

विहिवारदेखि सुरु हुने टे«निङमा १० जना सहभागी हुने कार्यक्रममा जानकारी गराईयो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment