सञ्चारकर्मी रवि लामिछानेको प्रमुख आतिथ्यतामा हङकङमा हाइकिङ

हङकङ । सहारा क्लव पोखराको भातृ संस्था सहारा हङकङले हङकङमा यहि असौज १४ अर्थात सेप्टेम्बर ३० तारिख आइतबारका दिन वृहत हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ ।

सहारा क्लवद्वारा संचालित सहारा एकेडेमीको सहयोग संकलनार्थ उक्त कार्यक्रम आयोजना गर्न लागिएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले बताए ।

सो बारे जानकारी दिन सहारा हङकङले आयोजना गरेको जानकारी सभामा उक्त हाइकिङ कार्यक्रमको प्रमुख अतिथीको रुपमा चर्चित सञ्चारकर्मी रवी लामिछाने सहभागी हुने भएका छन ।

सो कार्यक्रममा सहारा हङकङका महासचिब कुमार गुरुङले हाइकिङ कार्यक्रम बाट संकलित रकम मध्ये बाट खर्च कटाएर सबै रकम सहारा एकेडेमीलाई प्रदान गरिने बताए । उनले पोखरामा हठिन परिस्थितीमा रहेका बालकहरुका लागि सहारा क्लब द्वारा संचालित एकेडेमीमा सहयोग गर्न सबै पक्षहरुलाई आग्रह समेत गरे ।

सो अबसरमा एनआरएनका हङकङका पूर्व अध्यक्ष एवम सहारा हङकङका प्रमुख सल्लाहाकार दुर्गा गुरुङ (एमडी) ले चर्चित संचारकर्मी लामिछानेको सहभागिताले यो कार्यक्रमले भव्य सफलता पाउने बताए । उनले हङकङमा रहेका सबै नेपालीहरु सञ्चारकर्मी लामिछानेलाई भेट्न आतुर रहेको समेत बताए ।

कार्यक्रममा सहारा हङकङकाका पूर्व प्रमुख सल्लाहाकार तुलसी कुमार गुरुङ, द्वितिय उपाध्यक्ष रेनुका (कृष्ण कुमारी गुरुङ), हङकङ पत्रकार महासंघका अध्यक्ष किशान राइ लगायतले कार्यक्रम सफलता संगै कार्यक्रममा नेपाली जनमानसको वृहद सहभागिताका लागि आ–आफ्ना धाराणा राखेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment