एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता

पोखरा । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयर विद्यार्थीको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।

पोखरा महेन्द्रपुलस्थित एनमार्क एजुकेशन प्रालिले सोमवार आयोजना गरेको उक्त फेयरमा २ सय भन्दा बढि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको सिनिएर काउन्सिलर सामना क्षेत्रीले जानकारी दिईन् ।

फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी प्रत्यक्ष परामर्श दिएको प्रालिका अध्यक्ष नविन अधिकारीले जानकारी दिए ।

अधिकारीले पछिल्लो समय वैदेशिक अध्ययनमा विद्यार्थीको चासो बढेको र उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलिया भइरहेको सन्दर्भमा विद्यार्थीलाई सहि परामर्श दिन आयोजना गरिएको कार्यक्रम सफल भएको दावी गरे ।

प्रमुख शैक्षिक गन्तव्य अष्ट्रेलियामा भिसा परामर्श दिनु मात्र ठूलो कुरा नभई त्यहाँ कुन कलेज छनौट गर्ने, कुन कोर्स पढ्ने भन्ने बारेमा अगाडि नै जानकार भएमा विद्यार्थीको बसाईं सफल र लक्ष्यमा पुग्न सक्ने उनको भनाई छ ।

एनमार्कले अष्टे«लियासँगै न्युजिल्याण्ड, अमेरिका लगायतका देशमा अध्ययनका लागि परामर्श दिने काम गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment