पोउवा संघ निर्वाचनमा महिला उद्यमी शोभा गौतमको सदस्यमा उम्मेदवारी

पोखरा । महिला उद्यमी तथा सामाजिक अभियान्ता शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनमा उम्मेदवारी प्रस्तुत गरेकी छन् ।

असोज ५ र ६ गते हुने संघको ३२ औँ महाधिवेशनमा आकाँक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएसँगै गौतमले आफुलाई सदस्य पदको उम्मेदवारको रुपमा घोषणा गरेकी हुन् ।

संघ अन्तर्गतको महिला उद्यमी उपसमितिमा रहेर काम गरिसकेकी गौतम लामो समयदेखि व्यवसायिक क्षेत्रमा आबद्ध छन् । छोटो समयमा सफल महिला उद्यमीको पहिचान बनाउन सफल गौतम व्युटिसियन हुन् ।

एप्पल इन्टरनेशनल एजुकेसन प्रालिका सञ्चालक गौतम सृजनशील नेपालको अध्यक्ष तथा रेडियो कास्कीको उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेकी छन् । उनी सुप्रिम सप्लायर्स प्रालिका प्रोपाइटर गौतम पुस्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका अध्यक्ष पनि हुन् ।

व्यवसायिक तथा सामाजिक क्षेत्रमा रहेर आबद्ध गरेको ज्ञानलाई पोखरा उद्योग वाणिज्य संघको हितमा प्रयोगमा ल्याउने उनले प्रतिबद्धता गरेकी छन् ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment