वुद्धजयन्ती तथा श्री श्री आनन्दमुर्तिको जन्मजयन्तीमा मानवसेवा आश्रममा सहयोग 

पोखरा । आनन्दमार्ग प्रचारक संघ नेपाल, कास्की शाखाले श्री श्री आनन्दमुर्तीको जन्मजयन्तीका आवसरमा मानव सेवा आश्रम पोखरामा नगद सहित खाद्यसामाग्रीहरु हस्तान्तरण गरेको छ । नगद तथा जिन्सी गरी २२ हजार २ सय ४१ बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

चामल, दाल, मसला, चिनी, विस्कुट, वाल्टिन लगायत १५ हजार २ सय ४१ रुपयाको जिन्सी सामाग्री नातिनी सहारा थापाकोे तेश्रो जन्मदिनको अवसरमा हजुरबुवा दलवहादुर  र हजुरआमा नानीमाया थापाले हस्तान्तरण गरेका हुन भने आनन्दमार्गीहरुले संघका तर्फबाट ७ हजार नगद हस्तान्तरण गरे ।

संघका केन्द्रीय सदस्य विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकारकर्मी तथा आनन्दमार्गी  माधव पहारी,आनन्दमार्गी परशुराम बराल,दल बहादुर थापा,नानीमाया थापा लगायतले बोलेका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन अभियन्ता संजिता गौतमले र संचालन आश्रमका अभिभावक सुष्मा पौडेलले गरेकी थिईन् ।हाल आश्रममा पोखराका सडकपेटिमा  कष्टकर जीवन व्यतित गर्न वाध्य ३० जना आश्रित छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment