प्रहरीको स्विप अप्रेशन,एकै दिन ९ के.जी गाँजासहित ८ व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय प्रमुखको रुपमा २०७४ श्रावण २७ गतेदेखी १५ बुदे कार्ययोजना बनाई कास्की जिल्लालाइ सकेसम्म अपराध रहित जिल्ला बनाउने अभिलाषा लिई सम्पुर्ण कस्केली जनता ,बिभिन्न सामाजिक संघ सस्था, पत्रकार, सामुदायिक सेवा केन्द्र, नागरीक समाज, ब्यावसायी, सेवा निबृत कर्मचारी ,बहालवाला कर्मचारी सरोकारवाला निकाय को साथ, सहयोग र अमुल्य सल्लाह सुझाव लिई कार्य सम्पादन गर्दै अगाडी बढ्ने क्रममा  पोखराका युवा पुस्ताहरुमा बिकराल रुपमा फैलिदै गरेको अबैध लागू औषधको प्रयोग जस्को कारणले समाजमा फैलिदै गरेको अपराधिक क्रियाकलाप विकृति/बिसगती, बिभिन्न भयानक रोगहरुको अन्त गरी सुन्दर समाजको निर्माणको लागी मजकुर कार्यालयहरुको निर्देशनलाई समेत शिरोपर गर्दै “लागू औषध बिरुद्धको महाअभियान २०७४ “नामाकरण गरी विभिन्न चुनौति तथा बाधा ब्यावधानलाइ  पन्छाउदै  बिबिध कार्यक्रम सम्पन्न गरी  लागू औषध नियन्त्रणमा हालको अबस्थामा आईपुगेको बर्तमान परिबेशमा १५ बुद्धे कार्ययोजनाअन्तरगत नियमित रुपमा हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) अन्तरगत मिति २०७५।०१।१५ गते  शनिबार कास्की जिल्ला स्थित पोखरालेखनाथ महा-नगरपालिका तथा आसपासका ईलाकाहरुमा व्यापक रुपमा प्रहरी टोलि परिचालन गरीनिम्न स्थानबाट निम्न परिमाणमा निम्न ब्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको ।

घटना नं १

पक्राउ गर्ने कार्यालय :-वडा प्रहरी कार्यालय गगनगौडा कास्की

स्थान :-जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ३० पावरहाउस

नियन्त्रणमा रहेको व्यक्तिहरु:-

  • जि.धादिङ निलकण्ठ न.पा. ०६ घर भई हाल कास्की पोखरालेखनाथ म.न.पा.बडा नं ०९ बस्ने बर्ष २६ को भानुभक्त राना
  • जि.धादिङ गल्छि गा.पा.१ घर भई हाल पोखरालेखनाथ म.न.पा.बडा नं ९ नागढुगा बस्ने बर्ष २२ को बिक्रम लामिछाने मगर
  • जि.कास्की पोखरालेखनाथ म.न.पा.वडा नं ४ बस्ने बर्ष २६ को क्षितिज बाटाजु
  • जि.कास्की पोखरालेखनाथ म.न.पा.वडा नं ०६ बस्ने बर्ष २० को बिकल सुनार

निजहरुको साथबाट बरामद ला.औ.

गाँजा परिमाण :-२.४५ के.जि.

दुई थान सबारी साधन ( स्कुटर ) ग १० प २७५९ , ग ४ प ३६१४

घटना नं  २

पक्राउ गर्ने कार्यालय :- वडा प्रहरी कार्यालय बैदाम कास्की

स्थान :- जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं.५ पर्स्याङ चिल्डेन पार्क

नियन्त्रणमा रहेको व्यक्तिहरु:-

  • जि. चितवन भरतपुर महानगरपालिका ४ घर भई हाल पो.ले.म.न.पा.५ बस्ने बर्ष १९ कि सजिना नेपाली
  • जि.तनहुँ व्यास नगरपालिका १ भादगाँउ बस्ने बर्ष १६ को सुनिल नेपाली ।
  • जि.कास्की पोखरालेखनाथ महानगरपालिका वडा नं. ९ शान्तिबन बस्ने बर्ष १६ को राज कुमार भुजेल ।

निजहरुको साथबाट बरामद ला.औ.तथा अन्य सामानहरु:-

  • ला.औ.(गाँजा)- ५.९ के.जी.
  • नगद रु.४,२००।–(चार हजार दुई सय)

पक्राउ नं ३

पक्राउ गर्ने कार्यालय :-वडा प्रहरी कार्यालय बैदाम कास्की

स्थान:- जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ स्थित बिरौटाचोक

नियन्त्रणमा रहेको व्यक्तिहरु:-

  • जि.तनहू भिमाद न.पा.०९ बस्ने बर्ष १६ को प्रकाश थापा

निजहरुको साथबाट बरामद ला.औ.रकमहरु

  • ला.औ.गाँजा ६५० ग्राम
  • नगद रु. ६,८५०।– ( छ हजार आठ सय पचास )

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment