२३ जनाको उद्धार गर्दै पोखरामा मानवसेवा आश्रमको नवौं शाखा सुरुवात, गायक कर्णदासको गायनसंगै कार्यक्रम आरम्भ

पोखरा । सवैलाई खाना, छाना र नाना भन्ने उद्घोषका साथ पोखरा को सडकपेटीमा कस्टकर जीबनयापन गर्न बाध्य अनाथ, आपाङ, असाहय तथा मानसिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उद्धार गर्दै लेखनाथपोखरा छोरेपाटन वडा नम्बर १७ मा ९ औं शाखाको रुपमा मानवसेवा आश्रमको सुरुवात भएको छ । सुमधुर स्वरका धनि गायक कर्णदासको “ठुला ठुला महल हैन सिप सिकाउने झुपडी देउ दैब ” भन्ने गायनी संगै कार्यक्रमको आरम्भ भएको थियो ।

मानव सेवा आश्रमको आयोजना तथा सामाजिक जागरणका लागि नारी अभियानको सह आयोजना मा पोखरा लेखनाथ महानगरपालीका वडा नं १७, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, होटेल क्युइन्सपार्क लेकसाइड, पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्राली तथा सल्युट गोर्खा तालिम केन्द्र प्रा.ली,को सकृयताका साथ उद्धार तथा सहभोज कार्यक्रम आयोजना गरी २३ जना सडक मानवहरुको गृह प्रवेश गराइएको हो ।

माननिय संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा मानव सेवा आश्रमको ९ औं शाखा संचालन गरिएको हो । कार्यक्रममा वोल्दै मन्त्री अधिकारीले यसकार्य मानविय मात्र नभएर पर्यटन प्रवद्धनका लागि समेत महत्वपुर्ण भएको बताए । उनले सरकारले गर्नुपर्ने कार्य समुदायस्तरवाट भएकोमा खुसी व्यक्त गर्दै आफुले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पोखरा पर्यटकीय क्षेत्र भएकाले सुरक्षाको हिसावले समेत महत्वपुर्ण भएको वताउदै चुनौतिपुर्ण कार्य भएकाले निरन्तरताको लागी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै सांसद कृष्ण थापाले आफ्नो क्षेत्रमा प्रशंसनिय कार्य भएको भन्दै राम्रा काममा सदैव साथ, सहयोग र सहकार्य गर्ने प्रतिवद्धताका साथमा आश्रम संचालनका लागि ५० हजार सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै सांसद दिपक कोइरालाले मानविय कार्य जस्तो ठुलो धर्म केही नहुने भन्दै सडकमा बेवारीसे व्यक्तिलाई सहारा दिने कार्यमा आफ्नो र पार्टीको समेत साथ रहने वताए ।

प्रमुख संरक्षक डा. गोविन्द टण्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालीका वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारी, सामाजिक जागरणका लागि नारी अभियानका अभियन्ता तथा आश्रमका अभिवाभक सुष्मा पौडेल, नेपालकेशरी डा मणीभद्रमुनी महाराजले यस कार्यमा सवैले साथ दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मंतव्य व्यक्त गर्दै केन्द्रीय अध्यक्ष तथा परिकल्पनाकार रामजि अधिकारीले ५ वर्ष अगाडी मकवानपुरवाट सुरु भएको संस्था सवैको साथ र सहयोगले नवौंशाखाका रुपमा पोखरामा संचालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै पोख्रैलीलाई साथ र सहयोगको लागी आह्वान गरे ।
कार्यक्रममा सहयोगी संस्था तथा व्यक्तीहरुलाई सम्मान गरिएको थियो । विहानै सामाजिक अभियन्ता, अभिभावक र प्रशासनिक नियकायको सहभागितामा विभिन्न स्थानमा रहेका सडक मानवहरुलाई उद्धार गरि नुवाईधुवाई गरी गृहप्रवेश सँगै उनीहरुलाई सम्मान गरिएको उक्त कार्यक्रमको संचालन शाखाका संयोजक तथा केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमील्सिनाले गरेका थिए । हालसम्म १ हजार जनालाई सेवा तथा २ सय ५० जनालाई पुर्नमिलन गराइएको तिमील्सीनाले जानकारी गराए ।

रात्रि सडक सेवामालागि मानव सेवा आश्रम पोखरामा सुरुवात गर्न महत्वपूर्ण भूमिका खेल्नु हुने राजेश फुयल, सुष्मा पौडेल, प्रभा रंजित पाण्डे, उषा गोसेली, शोभा गौतम, दिनेश शर्मा, पवित्रा गुरुङ, दुर्गा कार्की भण्डारी, लभिसा कार्की, हरि बराल, कमल बराल, प्रदिप सुबेदी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकहरुमा मानब सेवा आश्रमका अभिभावक राहुल पाण्डेले धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसरीनै सहयोगी हातहरु जुद्दै जाने छन् भन्ने धारणा ब्यक्त गरे ।

पोखरा १७ गुप्तेश्वर गुफा नजिकै खड्कवहादुर शाहीको ७ रोपनी जग्गामा निर्माण भएको २७ कोठाको भवनमा आश्रम संचालन गरिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment