लायन्सको छैंठौं महाधिवेशन पोखरामा,दोस्रो भाईस डिष्ट्रिक्ट गर्भनर पदमा मणीश्रीको उम्मेदवारी

पोखरा । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि १ नेपालको छैंठौं राष्ट्रिय महाधिवेशन पोखरामा हुदैछ । आगामी वैशाख ७ र ८ गते हुने महाधिवेशनमा अहिलेका प्रथम डिष्ट्रिक्ट भाईस गर्भनर अशोक श्रेष्ठ गर्भनर र हालका द्धित्तिय भाईस डिष्ट्रिक्ट गर्भनर ईन्दु लम्साल प्रथम डिष्ट्रिक्ट भाईस गर्भनर हुनेछन् । स्वतः निर्वाचित हुने सो पदमा विश्वासको मत भने लिनुपर्ने हुन्छ ।

लायन्सको महाधिवेशनमा अत्यन्तै चासोको रुपमा हेरिने दोस्रो भाईस डिस्ट्रिक्ट गर्भनर पदका लागि लायन वर्ष २०१४/१५ डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी मणीश्रीरत्न बज्राचार्य र हालका चिफ डिष्ट्रिक्ट एड्भाईजर मनबहादुर रोकाले आफुलाई प्रमुख दावेदारको रुपमा प्रस्तुत गरेका छन् ।
सन् १९९० को दशकदेखि लायनवादमा आवद्ध मणीश्रीरत्न बज्राचार्य १३ बर्ष लियोको रुपमा नेतृत्वमा रहि आफ्नै होम क्लव लायन्स क्लव अफ काठमाण्डौ बालाजुमा प्रवेश गरेका थिए ।

क्लवका महत्वपूर्ण पदहरुमा रहि कार्य गरे पश्चात जोन, रिजन, अतिरिक्त क्याविनेट सचिव, लियो चियरपर्सन, डिष्ट्रिक्ट क्याविनेट सचिव लगायत महत्वपूर्ण पदहरुमा रहि पदिय दायित्व पूरा गरेका बज्राचार्य नेपालले आयोजना गरेको ईसामे फोरमलाई सफल बनाउन अत्यन्त कुशलतापुर्वक कार्य सम्पन्न गरेका थिए । जिम्मेवारी दिएपछि पूरा गरेरै छाड्ने उनको यस्तै विशेषताको कारण उनले नेपालको मल्टिपलले सताव्दी वर्ष उत्सव सेलिब्रेसन कमिटीको सचिवको रुपमा कार्य गर्ने महत्वपुर्ण जिम्मेवारी पाएका थिए ।

विश्वकै १० उत्कृष्ट चियरपर्सन लगायत अन्य धेरै पदक तथा सम्मानबाट विभुषित हुने मौका पाएका मणीश्रीरत्न बज्राचार्यको नेतृत्वदायी भुमिकामा अविस्मरणीय सामाजिक कार्यहरु सम्पन्न भएका छन् ।

उनले गत वर्ष अन्तर्राष्ट्रिय कन्भेनसनमा गर्वका साथ प्रर्दशन गरिएको, भुकम्प पश्चात् नेपाल सरकारको स्वीकृतबाट मलेसियन लायनहरुको आर्थिक सहयोगबाट पाँच वटा भुकम्प प्रतिरोधात्मक घर निर्माण गरि हस्तान्तरण गरि हाल अरु घरहरु पनि निर्माणाधिन रहेको सो परियोजनाको सफल संयोजक भएर भूमिका समेत निर्वाह गरेका थिए ।

मणीश्रीका चुनावी प्रतिवद्धता
१. संस्थाको गरिमा र आदर्शलाई कायम राख्न, गुणस्तरिय सदस्यता वृद्धि गर्न,उचित अभिमुखिकरण तालिम प्रदान गर्न, सदस्यहरुलाई सेवाका कार्यहरुमा प्रेरणा र सर्मपित गराउँदै सहभागितामुलक सकरात्मक दृष्टिकोण वृद्धि गरि नेपाल भित्रका क्लव र अन्य मुलुकका क्लवहरुसँग आत्मियताको वातावरणको अवस्था सिर्जना गर्ने ।

२. क्लवहरुलाई उचित व्यवस्थापन सहित कम भन्दा कम खर्चमा बढि भन्दा बढि परिणामउन्मुख मानविय सेवाका कार्यहरु गर्न उत्प्रेरित गर्ने तथा त्यस्ता कार्यहरु गर्न डिस्ट्रिकले सहयोगीको भूमिका निर्वाह गर्ने ।

३. क्लवहरुका सदस्यहरुलाई आत्मविश्वासी, वौद्धिक, जिम्मेवार, नेतृत्वकर्ता बनाउन समानताका आधारमा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने ।

४. नेपाल लायन्स फाउण्डेसनको कोषलाई बलियो बनाउने तथा फाउण्डेसनलाई अधिकतम सदुपयोग गर्न सबै क्लवहरुलाई प्रोत्साहन गर्ने ।

५. विभिन्न प्रकारका अन्तर्राष्ट्रिय परियोजनाहरुलाई ल्याउन प्रस्तावना लेखन तालिम सञ्चाल नगर्ने, त्यसको कार्यविधीको बारेमा क्लवहरुलाई सुसुचित गर्ने र सक्षम क्लव बनाउन जिम्मेवार संस्थाको रुपमा डिस्ट्रिकलाई रुपान्तरण गर्ने ।

६.डिस्ट्रिकलाई आधुनिकीकरण गर्दै, स्वचालित संस्थाको रुपमा अभिलेखालयको रुपमा विकास गर्ने ।

७. क्लवहरुलाई मानविय कार्यमा सक्रिय पार्ने, सदस्यहरुलाई क्लवप्रति बढि जिम्मेवार बनाउने ।

८. डिष्ट्रिक्टको सबै महत्वपूर्ण पदहरुमा लायन्स क्लवहरुको सिफारिसमा मात्रै जिम्मेवारी प्रदान गराउने परम्पराको विकास गर्ने ।

९. सदस्यहरुबाट संकलन गरिएको सदस्यता शुल्कलाई पारदर्शी रुपमा रिजन, जोन र डिष्ट्रिक्टका विभिन्न कमिटीहरुसम्म पुग्ने गरि निश्चित रकम बाँडफाड गरि अपनत्वको विकास गराउने ।

१०. अन्तर्राष्ट्रियले तोकेको निश्चित कमिटीहरुको मात्रै निर्माण गरि डिष्ट्रिक्टलाई चुस्त दुरुस्त बनाउने ।

११. औपचारिक कार्यक्रमहरुलाई सकेसम्मकम समयमा सम्पन्न गराउनप्रयत्न गराउने ।

१२. अनुत्पादक क्षेत्रमा कम खर्च गरि अत्यावश्यक र परिणाममुखि कार्यक्रमहरुमा मात्रै खर्च व्यवस्थापन गर्ने ।

१३. लायन्स क्लवहरु तथा लायन्स सदस्यहरुको निश्पक्ष रुपमा कार्य मुल्यांकन गरि सम्मान गर्ने ।

१४. पूर्व गर्भनरहरुले ल्याउनुभएका उत्कृष्ट कार्यहरुलाई आवश्यकता अनुरुप निरन्तरता प्रदान गर्ने ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment