होसियार ! सामाजिक सञ्जालबाट बढ्दैछ ठगि,१ करोड ३० लाख भन्दा बढि ठग्ने ९ जना सार्वजनिक(ठगे यसरी..)

तारा पौडेल/पोखरा ।सामाजिक सञ्जाल (ईमो, भाईवर, फेसबुक, वाट्सअफ, म्यासेन्जर आदि) प्रयोगकर्ता बढेसँगै यसबाट ठग्ने र ठगिने व्यक्तिहरुको संख्या पनि बढेको छ । पछिल्लो समय कास्की र आसपासका जिल्लाहरुबाट ८८ भन्दा बढि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु यसैको माध्यमबाट ठगिएका छन् ।

कास्की प्रहरीले सामाजिक सञ्जाल (भाईबर, ईमो तथा म्यासेन्जर) बाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने ९ जनालाई पक्राउ गरेको छ । उनीहरुले इमो तथा भाईबर कलबाट २५ लाख रुपैयाको चिट्ठा पर्यो तथा तपाईको छोराछोरी तथा तपाईको परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै ठगि गर्ने गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुले अन्दाजी १ करोड ३० लाख रुपैयाँ भन्दा बढी गरेको अनुसन्धानबाट खुल्न आएको एसपी अशोक सिंहले जानकारी दिए । पक्राउ परेकाहरुलाई कास्की प्रहरीले सोमवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । उनीहरु नगद रु. २ लाख एक हजार रुपैयाँसहित पक्राउ परेका हुन् । उनीहरुबाट ८८ जनाभन्दा बढि व्यक्तिहरु ठगिएका छन् ।

उनीहरुलाई प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले कास्की, पाल्पा र धनुषा प्रहरीको सहयोगमा धनुषाबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई ठगि मुद्धाअन्तर्गत आवश्यक कानुनी कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।

ठगि धन्दा गर्नेहरुको घट्नाक्रम यस्तो छ :-

घटना नं १

करिब डेढ बर्ष अगाडी देखि विदेशी नागरिकले म र मेरो परिवारलाई सामानहरु सगं पैसा पठाएको छु भारतमा आएर सामान रोकिएको छ । तपाइको त्बह ऋभिबच छैन बोडरमा राजश्व लाग्ने भयो र म सामान निकाल्न आउदै गर्दा थुनामा परेको छु भन्ने बहाना बनाई पटक पटक जि पाल्पा निस्दी गाउँपालिका बडा नं ७ बस्ने ज्यामिरे बस्ने बर्ष २६ को याम रानामगरको बैक अफ काठमाण्डौको खातामा पैसा पठाएको र त्यसपछि केही सम्पर्क नगरेपछि म ठगीए भन्दै यस कार्यालयमा आई निबेदन दिएपछि निज ब्यक्तिको निवदेनको फलोअफ गर्दा निजलाई पाल्पा जिल्ला निस्दी गाउपालिका बडा नं ७ ज्यामिरेबाट मिति २०७४।१२।०१ गते पक्राउ गरी यस कार्यालयमा ल्याएको ।

१) पाल्पा जिल्ला निस्दि गाउँपालिका वडा नं.७ ज्यामिरे घर भई बर्ष २६ का याम बहादुर मगर

घटना नं २
कास्की तथा अन्य जिल्लाका विभिन्न ८८ जना व्यक्तिहरुलाई सामाजिक सञ्जालबाट तपाईलाई २५ लाखको चिठ्ठा परेको छ भनि सो रकम लिनका लागी तपाइको त्बह ऋभिबच छैन बोडरमा राजश्व लाग्ने भयो भन्दै बिभिन्न बहाना बनाई ठगी गर्ने ५ जनालाइ पोखरालेखनाथ महानगरपालिका बिभिन्न स्थानबाट मिति २०७४।१२।०१ गते पक्राउ गरीएको हो ।

१) धादिङ जिल्ला नेत्रवति गाऊपालिका वडा नं १ वस्ने वर्ष २८ को ठाकुर गुरुङ ।

२) धादिङ जिल्ला खनियावास गाउपालिका वडा नं ५ वस्ने वर्ष २६ को टेक बहादुर तामाङ ।

३) धादिङ जिल्ला खनियावास गाउपालिका वडा नं ५  वस्ने वर्ष २४ को जेनिस तामाङ ।

४) धादिङ जिल्ला नेत्रबति गाऊपालिका वडा नं १  वस्ने वर्ष २८ को गणेश गुरुङ ।

५) धादिङ जिल्ला नेत्रवति गाऊपालिका वडा नं १ वस्ने वर्ष १९ को मनोज तामाङ ।

घटना नं ३
घटना नं २ मा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याई सोधपुछ गर्दा निजहरुले साउदी अरबमा रहेका नरेश राउतले भने बमोजिम पैसा झिकी बिभिन्न ठाउमा पठाउने गरेको र पठाउने क्रममा प्राय जसो जनकपुरमा पठाएको भन्ने अनुसन्धान पश्चात खुलेको र नियन्त्रणमा लिए पश्चात नरेश राउतले घनुषा स्थित सगिता मिश्रको नाममा पैसा पठाउने भनेपछी प्रहरीले नै पैसा पठाई घनुषा प्रहरीको सहयोगमा संगिता मिश्र र निज सगै रहेकी कामनी तिबारीलाई नियन्त्रणमा लिएको र संगिता मिश्रलाई सोधपुछ पश्चात सो सम्पुर्ण कार्य गर्न योगेन्द्र तिबारीले भनेको र योगेन्द्र तिबारीलाइ समेतलाई जि.धनुषाबाटमिति २०७४।१२।०२ गते पक्राउ गरेको ।

१) महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं ६ वस्ने वर्ष २४ की संगिता मिश्र ।

२) महोत्तरी जिल्ला मनर नगरपालिका वडा नं ९ वस्ने वर्ष ३५ की कामनी तिवारी ।

३) महोत्तरी जिल्ला मनर नगरपालिका वडा नं ९ वस्ने वर्ष ४५ को योगेन्द्र तिवारी ।


२२ सेट लागुऔषध सहित पक्राउ

२२ सेट लागुऔषत्रसहित एक जना पक्राउ परेका छन् । आईतवार विहान ३ वजेको समयमा कास्कीको हेम्जा स्थित चेकजाँच गर्दा सिद्धार्थचोक बस्ने १८ वर्षका विकास सुवेदी पक्राउ परेका हुन् । निजको साथबाट प्रहरीले २२ सेट लागू औषध सहित पक्राउ गरेको हो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment