आईतवारदेखि पोखरा लेखनाथ महानगरभित्रका ७० वर्षमाथिका नागरिकको स्वास्थ्य परिक्षण

पोखरा । पोखरा लेखनाथ महानगरपालिका भित्र बसोबास गर्ने ७० वर्ष माथिका वृद्ध–वृद्धाको स्वास्थ्य परिक्षण हुने भएको छ । महानगरपालिकाले जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम मार्फत जेष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाएको हो । अहिले पोखरा महानगरभित्र ७० बर्ष माथिको जनसंख्या १३ हजार रहेको छ ।

जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत महानगरको स्वास्थ्य टोलीले द्धैमासिक रुपमा वडा वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नेछन् । स्वास्थ्य परिक्षण पश्चात् उपचार र आवश्यकता अनुसार अस्पतालहरुमा रिफर गरिने र उक्त उपचारको व्यवस्था निशुल्क गराउने महानगर प्रमुख मानबहादुर जिसीले बताए । जेष्ठ नागरिकको उपचारका लागि सरकारी र निजी क्षेत्रका अस्पतालसँग सहकार्य गरिने उनको भनाई छ । उक्त अभियान यही ४ चैतदेखि पोखरा १९ पुरन्चौरबाट शुरु हुनेछ ।संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा व्याख्या गरेको बताउँदै महानगरका मेयर मानबहादुर जिसीले भने-“स्थानीय सरकार पनि जेष्ठ नागरिक प्रति जिम्मेवार बन्नुपर्छ, हामीले सक्दो सहयोग गर्नुपर्छ ।”

शिविरमा ७० वर्षमाथिकालाई प्राथमिकतामा राखेर उपचार गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले बताए । महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले महानगरमा १९ वटा हेल्पोष्ट, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २ अस्पताल रहेको र त्यहीको जनशक्ति र आवश्यक थप चिकिल्सकहरुको सहयोगमा शिविर संचालन गरिने बताए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment