यूएस बंगला विमान दुर्घटना:२० जनाको शव निकालियो

काठमाडौं । बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो । हालसम्म २० जनाको शव निकालिएको र १२ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ  । विमानमा चालक दलका सदस्यसहित ७६ यात्रु सवार रहेको बताईएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।  स्रोत:इकान्तिपुर

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment