यातायात कार्यालय सेवाग्राहीमैत्री बनाउन कानुनमन्त्री चुमानको निर्देशन 

 पोखरा । आफ्नो मातहत भएका सरकारी तथा  दैनिक जनचासोका कार्यालयहरुमा प्रदेश सरकारले अनुगमन तथा निरिक्षण सुरु गरेको छ । संघीयता निर्माण भएपछि सरकारी कार्यालयमा देखिएको अन्योलता हटाउन र कर्मचारी र जनताको मनोबल बढाउनको लागि प्रदेश ४ ले अनुगमन तथा निरिक्षण सुरु गरेको हो ।

मंगलवार यातायात व्यवस्था विभागको सवारी कार्यालयमा प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अनुगमन गरि कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अहिले मुलुकमा संघीयता कार्यान्वयन भएको अवस्थामा कर्मचारीहरुलाई के कसरी काम गर्ने भन्ने विषयमा अन्यौलमा नबस्न उनले सो क्रममा निर्देशन दिए । केन्द्रिकृत शासन प्रणाली अन्र्तगत उत्तरदायी भैरहेको सेवा प्रवाहलाई अब प्रदेश मातहत ल्याउने क्रम सुरु भएकाले निर्धक्क भएर काम गर्न उनले निर्देशन दिएका हुन । प्रदेशले खास गरि राजश्व संकलन हुने कार्यालयहरुमा जनताले सहज रुपमा राजस्व कसरी तिर्न सक्छन भन्ने विषयमा खाका ल्याउन पनि मन्त्री चुमानले कर्मचारीलाई आग्रह गरेका छन् । अहिले प्रदेश ४ मा दैनिकजसो सडक दुर्घटनामा मानिसहरुको ज्यान गएको भन्दै उनले हतियारबद्ध जनयुद्धमा भन्दा  १५ गुणा बढी सडक दुर्घटनामा ज्यान गुमाउने औसत बढी हुनु गम्भीर बिषय भएको बताए ।

अनुगमनका क्रममा कार्यालय प्रमुख अच्युतराज रेग्मीले कार्यालयको अवस्थाको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । उनले कार्यालयमा आउने सेवाग्राहीले बंैकबाट सिधै राजस्व दाखिला गर्ने सिष्टमकोे विकास गर्न सकिने जानकारी दिए । अहिले यातायात व्यवसायीहरुहरुले नयाँ सवारी दर्ता गर्न माग गरिरहेको र पोखराको अवस्था हेरेर मात्र दर्ता दिने गरेको उनले बताए । खुल्ला प्रतिष्पर्धाका कारण नयाँ दर्ता र रुट दिन्न भन्न नपाईने भएका कारण यातायात व्यवस्थापनमा समस्या आएको उनको भनाई थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment